२ श्रावण २०८१, बुधबार Wednesday 17 July, 2024

२०७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

 मङ्लबार, फाल्गुन ३ २०७८  

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १७४ कोरोना संक्रमितको आईसीयूमा र ३३ को भेन्टिलेटरमा गरी कुल २०७ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेस प्रदेश मा ६ जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा १२० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १३ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १३ जना आईसीयूमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र सुदुरपश्चिममा ७ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया सबै