आजको मौसम : प्रदेश १ बाहेक देशभर सामान्य
बिहिबार, फाल्गुन ५ २०७८

काठमाडौँ – हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
दिउँसो प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बाँकी भूभागमा मौसम सामान्य रहनेछ । भोलि (शुक्रबार) देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया
सबै