४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

ज्यान्सेनको खोप लगाएकाले बुस्टरमा कुन खोप ?

 बिहिबार, फाल्गुन ५ २०७८  

काठमाडौं । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरूले ६ महिना पछि बुस्टरका रूपमा सोही खोप लगाउन पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो खोप नभएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने मन्त्रालयको भनाइ छ । विभिन्न जिल्लाबाट ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरूलाई के गर्ने भनी जिज्ञासा आएपछि मन्त्रालयले विज्ञप्ति नै निकालेर सो कुरा स्पष्ट पारेको हो ।

 

कोभिड-१९ विरुद्धको खोपको बुस्टर मात्राको हकमा १८ वर्ष पुरा गरेका सम्पूर्ण व्यक्तिहरूलाई पुरा मात्रा लगाएको ६ महिना पछि उपलब्धताको आधारमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने भनी परिपत्र भइसकेको छ ।

 

 

प्रतिक्रिया सबै