४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु

 बिहिबार, फाल्गुन ५ २०७८  

काठमाडौं । काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन् । विहान करिब ५ बजेर ५५ मिनेटमा बसले दुईजनालाई किचेर फरार भएको महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले रातोपाटीलाई बताए ।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुका डिएसपी गौतम मिश्र सहितको टिमले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै