३१ भाद्र २०८०, आईतवार Sunday 17 September, 2023

माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु

 शुक्रबार, फाल्गुन ६ २०७८  

दोहा। माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

मर्सामा स्क्र्याप धातु बोकेको ट्रक बिजुलीको पोलमा ठोक्किँदा पल्टिँदा नेपालगञ्जका २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जनाएको छ ।

माल्टाको एल्डो मोरो सडकमा बिहान ११ : ३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । माल्टा प्रहरी प्रारम्भिक अनुसन्धानबाट, बोर्मलाका ५६ वर्षीय पुरुषले चलाएको डफ ट्रक केन्द्रीय पट्टीमा ठोक्किएर पल्टिएको निष्कर्ष निकालेको छ।

मोटरसाइकल चालकलाई घटनास्थलमा नागरिक सुरक्षा विभागका सदस्य र मेडिकल टोलीले सहयोग गरेका थिए । उनलाई एम्बुलेन्समा मेटेरदेई अस्पताल लगिएको केही बेरमै चिकित्सकले मृत्यु भइसकेको बताएका थिए।

प्रतिक्रिया सबै