४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

माओवादी केन्द्रका भ्रातृ संस्थालेआज पनि एमसीसीविरुद्ध प्रदर्शन गर्दै

 शुक्रबार, फाल्गुन ६ २०७८  

काठमाडौं । प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका भ्रातृ संगठनले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएको छ । शुक्रबार मध्यान्ह १२ बजे माओवादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) र अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने लागेका हुन् ।

वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले एमसिसीविरुद्ध आज १२ बजे नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि प्रदर्शन गरिने बताए । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउन सत्ताको नेतृत्वकर्ता काँग्रेसले जोड गरिरहेका बेला माओवादी केन्द्रका भ्रातृ संस्था आन्दोलनमा उत्रिएका छन् ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गराउन नहुने अडान दिएको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबल गरिए सरकार छोड्ने निर्णय गरेको छ ।

प्रतिक्रिया सबै