प्रतिनिधिसभाको बैठक बस्दै, आजपनि अन्योल कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल गर्ने सरकारको चाहाना छ ।
नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ । सरकारमा समावेश भएका दलहरुलाई समेत सहमत गराउन अहिले बस्न लागेको सत्तागठबन्धनको बैठक केन्द्रित रहनेछ ।
प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
काठमाडौं । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम फेला परेका छन् ।
कलंकीस्थित ढुंगेअड्डामा झोलामा राखेको अवस्थामा बम भेटिएको हो । बम रहेको पत्ता लाग्ने वित्तिकै उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर सुरक्षित गरेको छ ।
बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरिरहेको छ । बम कसले राखेको हो भन्नेबारेमा भने खुलेको छैन ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला राजधानीमा आतंक मच्चाउन बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।