४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने

 शुक्रबार, फाल्गुन ६ २०७८  

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसद बैठकमा पनि पेश नहुने भएको छ ।

बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।

संसद बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

कार्यव्यवस्थाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी भएको छैन । गत बुधबारको कार्यव्यवस्था बैठकमा जसपाका नेता अनुपस्थित रहे पनि आजको बैठकमा भने सहभागी छन् ।

 

प्रतिक्रिया सबै