विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक
आइतवार, फाल्गुन ८ २०७८

काठमाडौं। विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। गत २४ घण्टामा ७ हजार ५ सय संक्रमितको मृत्युसँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको हो।
कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार२४ घण्टामा १५ लाख २७ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४२ करोड ३४ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३४ करोड ३ लाखभन्दा धेरै निको भएका छन्।
२४ घण्टामा मात्रै १ लाख ४४ लाख संक्रमित निको भएका छन्। अझैपनि विश्वभर ६ करोड ९२ लाख सक्रिय संक्रमित रहेकामा १ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ।
अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ८ करोड ६० हजारमा संक्रमण पुष्टि हुँदा ५ करोड १५ लाख निको भएका छन्। ९ लाख ५ हजारको भने मृत्यु भएको छ।
प्रतिक्रिया
सबै