४ बैशाख २०८१, मंगलवार Tuesday 16 April, 2024

एक्लै चुनाव लड्ने हिम्मत एमालेसँग कुनै दलमा छैन : ओली

 बुधबार, चैत्र १६ २०७८  

भक्तपुर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न सक्ने हिम्मत कुनै पनि दलको नभएको बताएका छन् । भक्तपुरको सूर्यविनायकमा सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेसँग एक्लै चुनाब लड्न नसक्ने भएकैले सत्तारुढ दलहरूले गठबन्धन गर्ने कुरा गरिरहेको बताए ।

‘गठबन्धनका दल एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैनन् । हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने ? त्यसैले अब बल्ल हैसियत मिलेको छ ।’

एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए । ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ ओलीले भने । उक्त तरकारी बजार मेडिकल व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया सबै