zoom meeting app download for windows 8.1 download zoom offline installer for windows zoom app install free download zoom app in india zoom app complaints zoom cloud meeting software free download windows 8 zoom app download zoom windows 8
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

नेपाल मलेसियासँग ६ विकेटले विजयी,आसिफको अर्धशतक, दिपेन्द्रको कीर्तिमान

 बुधबार, चैत्र १६ २०७८  

काठमाडौँ । त्रिदेशीय टी–ट्वेन्टी शृंखलामा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । आफ्नो पहिलो खेलमा पीएनजीलाई हराएको नेपालले दोस्रो खेलमा पनि जित हात पारेको हो ।
मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले खेल सकिन २९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा ओपनर आसिफ शेखले ५७ रन बनाए । उनले ३८ बलमा ७ चाैका र १ छक्कासहित ५७ रन बनाएका हुन् । यस्तै दिपेन्द्रसिंह ऐरीले २१ रन बनाए । आजै राष्ट्रिय टिममा डेब्यु गरेका दिलिप नाथ १५ रनमा नटआउट रहे ।

यसैबीच, दीपेन्द्रसिंह ऐरीले टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सबैभन्दा धेरै रन बनाउने पारस खड्काको कीर्तिमान तोडेका छन् । मलेसियासँग २१ रन बनाएसँगै उनी टि-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन् । उनले अहिलेसम्म ३६ खेलमा तीन अर्धशतकसहित ८०३ रन पुगेको छ । यसअघि पारसले ३३ खेलमा एक शतक र चार अर्धशतकसहित ७९९ रन बनार सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडीका रुपमा रहेका थिए ।

त्यसअघि कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । मलेसियाका जुबैद जुल्किफले सर्वाधिक ३२ र कप्तान अमाद फेइजले २४ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले र करन केसीले दुई दुई तथा अबिनास बोहरा, कुशल मल्ल र दिपेद्रसिँह ऐरीले एक विकेट लिए ।

प्रतिक्रिया सबै