zoom cn download zoom desktop client for pc download download zoom recording link zoom logo free download zoom not installing for all users zoom meeting room app
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

भ्यूटावर बनाउँछन्, तर भ्यू गर्न लायक देश निर्माण गर्दैनन्

 बिहिबार, चैत्र १७ २०७८  

केही दिनयता देशका विभिन्न ठाउँमा बनाइएका भ्यूटावरहरूको समाचारले सामाजिक सञ्जाल अत्यधिक रंगिएको छ । रोल्पाको एक भ्यूटावर उद्घाटन गर्न त पूर्वप्रधानमन्त्री प्रचण्ड हेलिकप्टर सयरमा त्यहाँ जाने भन्ने कार्यक्रम समेत सुनिएको थियो । त्यस्ता भ्यूटावरहरू बन्दा जम्माजम्मी १७ अर्ब रुपैयाँ खर्च भएको हुनसक्ने प्रारम्भिक आकलन छ ।

यद्यपि निर्माणको बहानामा क-कसले के-कति आर्थिक अनियमितता अनि अवाञ्छित फाइदा लिए होलान् भन्ने कुरो यकिन गर्न गाह्रो परे पनि आकलन गर्न जो-कोहीले सजिलै सक्छ । निर्माणमा एकअर्का स्थानीय तहबीच अस्वस्थ प्रतिस्पर्धा मात्र होइन, अवाञ्छित नक्कल समेत देखिन्छ ।

हुन त संघीयतापछि गाउँ-गाउँमा सिंहदरबार हुने भन्ने नारा तय गरिएको थियो । सिंहदरबार नभए पनि प्रशस्त संख्यामा सिंहहरू पनि पुगेको अनि राम्रो संख्यामा दरबारहरू पनि बनेको परिस्थिति बुझाउन यस्ता टावरहरू आवश्यक हुन्छन् होला ।

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान सायद यस्तै कामलाई चित्रण गर्न बनाइएको थियो । यद्यपि ती सबै निर्माणलाई सम्बन्धित तहले उपलब्धि र सफलता भनेर प्रचार गर्दैछन् । तर हाम्रा दल र तिनका विभिन्न तहका सरकारका यस्ता उपलब्धि भने नागरिककोे अलौकिक अपेक्षा र त्यस अनुसारका अनुपम कार्य सम्पादनबाट धेरै पर विचलन अनि विकृतिको विरासत बनाउनेमा बढी आनन्दित हुँदैछन् । नागरिकको वास्तविक आवश्यकतालाई गिज्याइरहेछन् । अजंग, अव्यवस्थित र अनावश्यक रूपमा ती टावरहरू उभिरहँदा आम जनताका सपना एकाएक ढलिरहेछन् ।

पछिल्लो परिवर्तित राजनीतिले जुन महानता बोक्नुपर्ने हो, त्यो क्षीण हुँदैछ । दलहरू सही कार्यदिशा, सशक्त विचार र नागरिकमुखी कार्यक्रममा केन्द्रित छैनन् भन्ने प्रमाणित गर्दैछ । देशको समूल सकारात्मक परिवर्तनको योजना तथा जनताका दैनिक जीवनचर्याका समस्या हल गर्ने अठोट र अभ्यास छाड्दै अनावश्यक फजुलताको लिप्तता उजागर गर्दैछ । दलहरूको राजनीतिक संस्कार र आचरण अपार प्रदूषित हुँदै गएको देखिन्छ ।

छिमेकी चीनले केही वर्ष पहिले सरकारले गर्ने कार्यहरूको सूची निर्माण गर्‍यो । त्यहाँबाट निर्मित दुई शताब्दी सपना, अर्धशताब्दी लक्ष्य र ३० वर्षे रणनीति अनि झन्डै १०० वटा कार्यक्रमहरूका आधारमा चीनले सफलताको नयाँ फड्को मार्दैछ । नागरिक लोकपि्रयता झन् चुलिएको छ । सन् २०१५ बाट प्रतिव्यक्ति क्रय क्षमताका आधारमा पहिलो अर्थतन्त्र भएको चीन केही हप्ता पहिलेबाट आयतनमा पनि पहिलो भएको प्रक्षेपणहरू आउँदैछन् ।

लेखक रोष दुषिकृतको केही महिना मात्र अघि प्रकाशित पुस्तक ‘द लंग गेमः ग्य्रान्ड स्ट्राटेजी अफ चाइना टु डिस्प्लेस अमेरिकन वल्र्ड अर्डर’का अनुसार चीनलाई त्यस्ता सफलता दिलाउने श्रेय सत्तासीन दलबाट निर्धारित योजना र कार्यक्रमहरू हुन् । तर हाम्रा दलका गतिविधि नागरिक जीवनसँग होइन, भड्किलो रामरमितासँग जोडिंदैछ ।

हाम्रा नजिकका छिमेकीहरू उदीयमान अर्थतन्त्र भइसके । सन् १९८० ताका हामीभन्दा चार गुणा कमजोर आर्थिक अवस्था भएको थाइल्याण्ड आज हामीभन्दा ४ गुणा मजबुत छ । जापानको मुद्रा विनिमय स्तर पछिल्लो २० वर्ष झन्डै १० गुणा सबल भएको छ । कोरियाको अवस्था अनुकरणीय छ । कतार तथा साउदी अरेबियाका देशहरूको विकास हाम्रा लागि ईष्या गर्न लायक छन् । त्यहाँको विकासलाई मानव निर्मित स्वर्ग भनिन्छ । छिमेकी चीन र भारत दुवै क्रमशः बीआरआई र एएजीसी नामक विशाल महत्वाकांक्षी व्यापारिक परियोजना लिएर आएका छन् ।

ती टावरहरूले सघन सकारात्मक सुधार र वैज्ञानिक प्रगतिशीलतालाई जिस्काइरहेछ । नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार अनि विज्ञ तथा सरोकारवालाको घनीभूत छलफलबाट योजना बनाएर देशको आर्थिक, सामाजिक, नौतिक, मनोवैज्ञानिक तथा भौतिक विकासमा विशाल फड्को मार्नुपर्ने आवश्यकतामाथि सस्तो रत्यौली खेलिरहेछन्

एशियाका अधिकांश देश दु्रत आर्थिक विकास गर्दै संसारका सामरिक शक्ति बने । चीन, जापान, भियतनाम, ताइवान, दक्षिण कोरिया, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याड लगायत केही देशहरूको विकासलाई सम्बोधन गर्नका लागि बाघ अर्थतन्त्र भन्ने नयाँ शब्दावली नै निर्मित भएको छ ।

साँच्चै देश फेरिएको महसुस गराउने हो भने विभिन्न तहका सरकारहरूले आर्थिक विकाससहित गरिबी र बेरोजगारी अन्त्यको दिगो मार्गचित्र तयार पार्नुपर्छ । दुर्भाग्य, दलहरू यस्ता प्रधान आवश्यकताकेन्द्रित भ्यूज र भिजन भने खासै देखाउँदैनन् । भ्यूटावर बनाउँछन्, तर भ्यू गर्न लायक देश निर्माण गर्दैनन् ।

नर्वेमा लगभग ३० प्रतिशत युवा मात्र विश्वविद्यालय जान्छन् तर ९० प्रतिशत रोजगारी छ । हामीकहाँ ठूलो संख्यामा युवाहरू शिक्षित छन् तर उल्लेख्य बेरोजगारी र अर्धबेरोजगारी छ । यो असन्तुलन अन्त्य कसरी गर्ने ? राजनीतिभन्दा अर्थनीति र आर्थिक अवस्था अबको प्रधान सामथ्र्य हो । डेढ दशक पहिले अमेरिकी र युरोपियन महादेशका अधिकांश राज्यमा आएको आर्थिक मन्दी र पछिल्लो दुई दशक चीनको असामान्य तथा असमानान्तर वृद्धिले यो सत्यता प्रष्ट्याएको छ । विकास र आर्थिक उन्नयनको नीति र कार्ययोजनामा चाहिं प्रतिस्पर्धा गर्नुपर्ने दलहरू जनताका सपनालाई मारेर भ्यूटावर ठड्याउँदैछन् ।

संसारका प्रायः सबै देशले एउटै आन्दोलनबाट मुहार फेरे । सन् १६८८ तिर भएको गौरवमय राज्यक्रान्तिले बेलायतलाई, १७८९ को क्रान्तिले फ्रान्सलाई, १९१७ को अक्टोबर क्रान्तिले रूसलाई, १९४५ को स्वतन्त्रता संग्रामले भारतलाई निकै अगाडि पुर्‍याए । त्यसपछि उनीहरू निरन्तर आर्थिक समृद्धिमा होमिए । वल्र्डाेमिटरकोे पछिल्लो तथ्यांकले कतारको प्रतिव्यक्ति क्रय क्षमता १ लाख २८ हजार ६४७, लक्जमबर्गको १ लाख ३७ हजार ७८२, सिंगापुरको ९४ हजार १०५ देखाइरहँदा हामी २ हजार ७०२ अमेरिकी डलरको हाराहारीमा छौं । भ्रष्टाचार र अविकासमा राम्रै गतिमा दौडँदैछौं । बग्रेल्ती भ्यूटावरमा चढेर यही हरिबिजोग र दलका नागरिक उदासीनता त हेर्ने होला !

विश्वका अधिकांश देश एउटा राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्तिमा केन्द्रित रहे तर पटक/पटकका हाम्रा क्रान्तिचाहिं नयाँ नाम, नक्सा र शक्तिका नायक फेर्नेमा अल्झिए । अहिले भ्यूटावर उभ्याउनेमा आकर्षित बन्दैछ । हरेक दलले भन्ने गरेको विश्व-राजनीतिको सर्वप्रिय शब्द समृद्धि र सर्वाधिक अपेक्षित अवस्था समाजवादको लक्ष्यमा पुग्ने रणनीति अनि नागरिकले प्रष्ट बुझ्ने योजनामाथि यस्ता भ्यूटावरहरू भद्दा मजाकको रूपमा प्रस्तुत हुँदैछन् ।

हाम्रा दलहरूसँग अहिले पनि देशहित र नागरिक भलाइमा कसरी काम गर्नुपर्छ भन्ने योजना छैनन् । अबको ५, १०, वा १५ वर्षमा देशको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक परिवर्तन कुन गति र आयतनमा हुनुपर्छ भन्ने आकलन छैन । यस्ता भ्यूटावरले यी टड्कारो आवश्यकतालाई कसरी सहयोग गर्छ कि जसले ‘किसानको आय प्रतिव्यक्ति ५० हजार डलर होस्, साक्षरता १०० होस्, औसत आयु ८० बनोस् ।

रोजगारी तथा विकास निर्माणले गति लेओस् । व्यापार नाफा कायम रहोस्, उत्पादन तथा निर्यातमुखी अर्थतन्त्र स्थापित गरोस् । आन्तरिक हिसाबले सुदृढ र बाहृय हिसाबले सम्मानित देश बनोस् । नेताका दर्शन र जीवनमा सामीप्यता देखियोस् । नागरिकमा देशप्रति प्रेम, नेतृत्वप्रति सम्मान अनि कर्मप्रति अगाध जिम्मेवारी जागोस् । उच्च नैतिकता, सबल सोच, नागरिक एकता अनि प्रधानता मजबुत बनोस् । भ्रष्टाचारको सूचीमा लगभग १३६औं बाट न्यून भ्रष्टाचार हुने पाँच वा दश प्रथममा पर्न सकोस् । कुनै सार्थक सहयोग गर्दैनन्, केही बाटो देखाउँदैनन् ।

ती टावरहरूले सघन सकारात्मक सुधार र वैज्ञानिक प्रगतिशीलतालाई जिस्काइरहेछ । नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार अनि विज्ञ तथा सरोकारवालाको घनीभूत छलफलबाट योजना बनाएर देशको आर्थिक, सामाजिक, नौतिक, मनोवैज्ञानिक तथा भौतिक विकासमा विशाल फड्को मार्नुपर्ने आवश्यकतामाथि सस्तो रत्यौली खेलिरहेछन् । त्यस्ता टावरहरू क्षणिक रामरमिता त बन्लान्, नागरिकको आशय अनि अपेक्षा जोगाउन सक्दैनन् । दलले उभ्याएका टावर निर्माणको सरगर्मीले नागरिकका सपनालाई भने निरन्तर स्वर्गबास बनाइरहेछ । टावर उभिंदा, सपना ढलिरहेछन् ।

प्रतिक्रिया सबै