zoom.us download zoom cloud meetings vs zoom app soundboard for zoom download zoom us free download for windows 10 meeting zoom download zoom audio not working on acer laptop is zoom dangerous to download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

शुक्रबारदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण पूर्ण रुपमा बन्द गर्ने चेतावनी

 बिहिबार, चैत्र १७ २०७८  

काठमाडौं ।शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका हुन् ।

निगमको निर्णयविरुद्ध गत चैत ६ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका व्यवसायी डिलरहरूले भोलि अर्थात् चैत १८ गते कुनै पनि पेट्रोलियम पदार्थको ट्याङ्कर लोड÷अनलोड नगर्ने र निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने जनाएको छन् ।

यति गर्दा पनि माग सुनुवाई नभए चैत २० गतेबाट मुलुकभर एल.पी ग्याँस उद्योग र ग्याँस बिक्रेताहरूले सम्पूर्ण रुपमा आन्दोलन केन्द्रित गर्दै कुनै पनि डिलरबाट ग्याँस बिक्री वितरण नगर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया सबै