cloud zoom 1.0 2 min js download 3 idiots 2009 subtitle sinhala download zoom lk download zoom math 200 free zoom meeting download for laptop windows 10 impact zoom blur premiere download zoom f4 download download zoom on new device
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

पल शाह उच्च अदालत पोखरा जाँदै

 शुक्रबार, चैत्र १८ २०७८  

काठमाडौँ । अभिनेता पल शाह जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदैछन् । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आज पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका हुन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले पुनरावेदन दिन लागेका छन् । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखे पनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ ।
1

प्रतिक्रिया सबै