zoom download requirements why is my pcr test taking so long scotland - why is my pcr test taking so long scotland zoom app windows 10 chip join a zoom meeting with id and password - join a zoom meeting with id and password zoom client download windows
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै कारण बिरोधीहरुले एमालेलाई सरकारबाट हटाएको अध्यक्ष ओलीको आरोप

 आइतवार, चैत्र २० २०७८  

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै कारण बिरोधीहरुले एमालेलाई सरकारबाट हटाएको आरोप लगाएको छ ।

नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको बृहत चुनावी जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने सन्देश प्रवाह गरेको कारण एमालेलाई सरकारबाट हटाएको दाबी गरे ।

वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔँदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने र आफू सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका बिरोधीले जालझेल र षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षमा पुर्‍याएको अध्यक्ष ओलीको आरोप छ । “हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरीब हुने देश होइन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमविश्वास अगाडि बढायौँ”, ओलिले भने, “एमालेले गरेको विकासको लहर देखेर बिरोधीहरु आत्तिए । एमालेले सँधै सरकार बनाउने भो, सँधै एमालेले सत्ता चलाउने भो, उनीहरु आउन नपाउने भए भनेर आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो ।”

हेलिकोप्टरमार्फत बृहत जनसभा कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आउनुभएका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दावी गरे । “केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभै थप सुदृढ भएको छ”, ओलिले भने, “२०५४ सालमा एमाले फुटाइयो तर एमाले जस्ताको तस्तै भयो । पछि पनि पार्टी फुटाइयो, एमाले जस्ताको तस्तै रह्यो । अहिले एमालेबाट केही मान्छे अन्त लागेका भए पनि एमाले जस्ताको तस्तै मात्र होइन अझ सुढृड भएर अगाडि बढेको छ । बढ्ने छ । देशभरी अरु पार्टीमा रहेका कार्यकर्ता एमालेमा आइरहेका छन् ।”

करीब १५ मिनेट सम्बोधन गरेका अध्यक्ष ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन आगामी वैशाख-३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई दुईतिहाई बढी स्थानमा जिताउन आग्रह गरे । दिक्तेलको जनसभालाई सम्बोधन गर्नुअगाडि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसँग हलेसी दर्शन गरेका थिए । दर्शन लगत्तै हलेसीमै आयोजना गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिसुल हुन्छ’ भन्दै मजाक उडाउने नेताको परिणाम राम्रो नआउने बताएको थियो ।

अध्यक्ष ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत आगामी निर्वाचनमा पल्टिने दाबी गरेकाे थियो । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, प्रमुख सचेतक विशाल भट्टराई लगायतका नेतासहित खोटाङ आएका अध्यक्ष ओलीले पवित्र धाम हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताएको थियो । अध्यक्ष ओलीले पत्नी शाक्यसँगै हलेसीमा पूजा आरधना गरेर रु दुई लाख भेटी चढाएको घोषणा पनि गरे । हलेसीको दर्शनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गरेकाे थियो ।

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको समेत स्मरण गराएकाे थियाे ।

प्रतिक्रिया सबै