zoom cloud download app zoom .msi installer for admins add zoominfo extension edge download zoom usa zoom app update version download for pc zoom download for pc win 10 downloads zoom app install zoom for all user profiles
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

ठूला दलका बाकस खाली गरेर जनता बाठो भएको देखाउनुपर्ने समय आएको छः लिङदेन

 सोमवार, चैत्र २१ २०७८  

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भए पनि विचार र व्यवहारले अलग नभएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेनले वैदेशिक हस्तक्षेप भित्र्याउनमा ३ दल लागेको बताउँदै हिंसामा विश्वास नगर्ने राप्रपाले यिनीहरूको बाकस खाली गरेर जनता बाठो भएको देखाउनुपर्ने ठिक समय आएको बताए ।

पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेकाले विवकेले काम गर्न सक्छ भनेर प्रमाणित गर्नुपर्ने पनि उनले बताए । उनले एमाले, माओवादी, कांग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आशा गर्नु भनेको साढेको अगाडि दूधको बाल्टी लिनु जस्तै भएको उनले बताए ।

ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए ।

सामान्य आँखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बताए । ‘गोली चलेको छैन, बन्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उपलब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनुपर्ने अवस्था छ’ उनले भने ।

प्रतिक्रिया सबै