zoominfo login credentials how do i download zoom for free download zoom app for windows 10 free zoom info download safe zoom download for laptop free
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

स्थानीय तह निर्वाचनमा कस्को भूमिका के ?

 मङ्लबार, चैत्र २२ २०७८  

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले स्थानीय निर्वाचनलाई सफल, सार्थक, निष्पक्षका साथै भय, त्रास र धाँधलीरहित सम्पन्न गर्न/गराउन सम्बन्धित पक्षहरूलाई आह्वान गरेको छ । ७५३ स्थानीय तहको निर्वाचन अगामी २०७९ साल वैशाख ३० गते हुने भएको जनाउँदै संविधानअनुसार स्थानीय तह राज्यको सबैभन्दा आधारभूत तह र आम–नागरिकको दैनिकीसँग सम्बन्धित सेवा प्रवाह गर्ने सबैभन्दा नजिकको राज्य संयन्त्र भएको टीआई नेपालले जनाएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै टीआईले स्थानीय निर्वाचनमा सरकार, निर्वाचन आयोग,राजनीतिक दल, उम्मेदवार, मतदाता, चन्दादाता र सञ्चार माध्यमले खेल्नुपर्ने भूमिका र दायित्व प्रति सचेत गराएको हो। निर्वाचनको क्रममा विभिन्न पक्षहरूका लागि विभिन्न दलहरूबाट भाग लिने उम्मेदवारहरूले मतदानपूर्व, मतदानको समयमा, मतगणनाको समयमा र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण प्रस्तुत गर्न आग्रह गरिएको छ,’विज्ञप्तिमा भनिएको छ,’  टिआई नेपालले मतदातामा डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दछ । साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचनआचार–संहिताअनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि सबै उम्मेदवारमा अनुरोध गरेको छ ।’

‘आगामी स्थानीय तह निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी निर्वाचन आयोगको हो,’विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनपूर्व मतदाता शिक्षा र मतदान केन्द्रहरूको उपयुक्त व्यवस्थाकाअतिरिक्त सहजरुपमा आम–मतदाताको निर्भयतापूर्वक मतदा नगर्न पाउने वातावरण बनाउनुका साथै मतगणना र नतिजा घोषणासमेतमा सहज र विश्वसनीय व्यवस्था मिलाउन निर्वाचन आयोगलाई विशेष आह्वान गर्दछ ।’

के छ विज्ञप्तिमा ?

१. सरकार

निर्वाचनपूर्व, निर्वाचनको (मतदानको) चरणमा रनिर्वाचनपछि पनि मुलुकभर शान्ति र व्यवस्था कायम गर्दै आम–नागरिकसँग सम्बन्धित जनस्वास्थ्य र आपूर्ति व्यवस्था कायम राख्दै साना/ठूला सबै दल, उम्मेदवारहरूका साथै मतदातासमेतलाई शान्तिपूर्वक र भय, त्रासमुक्त वातावरणमा स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण कायम राख्न संघ र प्रदेश सरकारहरूलाई आह्वान गरेको छ ।

२. निर्वाचन¬आयोग

लोकतन्त्रको आधारभूत स्तम्भहरूमध्येको एक निर्वाचनआयोग  भएको अवगत गराउँदै निश्चितमितिमा स्वच्छ, निस्पक्ष र व्यवस्थित रुपमा निर्वाचन हुन सकेन भने लोकतन्त्रको मर्म नै समाप्त औंल्याएको छ ।
‘आगामी स्थानीय तह निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी निर्वाचन आयोगको हो,’विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनपूर्व मतदाता शिक्षा र मतदान केन्द्रहरूको उपयुक्त व्यवस्थाकाअतिरिक्त सहजरुपमा आम–मतदाताको निर्भयतापूर्वक मतदा नगर्न पाउने वातावरण बनाउनुका साथै मतगणना र नतिजा घोषणासमेतमा सहज र विश्वसनीय व्यवस्था मिलाउन निर्वाचन आयोगलाई विशेष आह्वान गर्दछ ।’

३. राजनीतिक दल

यो निर्वाचनमा राजनीतिक दलको भूमिका अझै बढिरहेको बताउँदै टीआइ नेपालले भनेको छ, संविधानतः राजनीतिकदलहरू देशको शासन व्यवस्था सञ्चालनको मियो नै हुन् । स्थानीय तहको आगामी निर्वाचनमा राजनीतिक दलहरूको सहभागिता र अन्य क्रियाकलापको महत्वपूर्ण भूमिका रहने हुन्छ ।

दलहरूको घोषणा–पत्र, प्रचार–प्रसारका शैली र उम्मेदवार छनौट समेतले आम–मतदाता र नागरिकको अपेक्षाको आधार बन्ने हुँदा उपयुक्त, सक्षम, सेवामुखी र योग्य उम्मेदवारलाई छनौट गर्न (टिकट दिन), निर्वाचनआचार–संहिताअनुकूल सभ्य र शिष्ट प्रचार–प्रसारको शैली अवलम्बन गर्न, मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिकदलहरूलाई आह्वान पनि टिआइले गरेको छ ।

४. उम्मेदवार 

निर्वाचनको क्रममा विभिन्न पक्षहरूका लागि विभिन्न दलहरूबाट भाग लिने उम्मेदवारहरूले मतदानपूर्व, मतदानको समयमा, मतगणनाको समयमा र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण प्रस्तुत गर्न आग्रह गरिएको छ ।  टिआई नेपालले मतदातामा डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दछ । साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचनआचार–संहिताअनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि सबै उम्मेदवारमा अनुरोध गरेको छ ।

५ .मतदाता

निर्वाचनको निर्णायक पात्र मतदाताहरू भएको स्मरण गराउँदै टिआईले भनेको छ,  ‘आफैले आफ्ना लागि प्रतिनिधि छनौट गर्न यो निर्णायक घडीमा आम–मतदाताले कसैको लोभ–लालच, भ्रम वा भय त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न सक्नुपर्छ  ।’

लोकतन्त्रले दिलाएको यस महत्वपूर्ण घडीमा सबै मतदाताले लोभ–लालच, स्वार्थ नभएका र उच्च नैतिक आचरण भएका सक्षम व्यक्तिलाई मतदान गर्न नसके पछिल्ला दिनहरूमा पश्चाताप गर्नुपर्ने  बताउँदै आफ्नै हातले आफू र आफ्ना सन्ततीको भविष्य सुनिश्चित गर्ने यो अवसरमान चुक्नआम–मतदातालाई आह्वान गरेको छ ।

६. चन्दादाता

निर्वाचनको क्रममाआफूलाई मन परेका उम्मेदवारलाई चन्दा, सहयोग दिन चाहने उद्योगी, व्यवसायी वा अन्यव्यक्तिहरूले समेत आफूले दिएको सहयोग पारदर्शी पार्न र निर्वाचनआचार–संहिताप्रति कुनसहयोग नदिन पनि अनुरोध  गरिएको छ ।

७. सञ्चारजगत्

लोकतन्त्रमा सञ्चारजगत्को भूमिका अहम् रहने टीआईले जनाएको छ ।  अझ खुल्ला वातावरणमा फरक–फरक सञ्चार–माध्यमले प्रवाह गर्ने फरक–फरक सूचनाले आम–नागरिकलार्इ प्रभाव परेको हुन्छ । स्थानीय तहको आगामी निर्वाचनको प्रत्येक चरणमा लोकतन्त्रको पहरेदारको रुपमा सञ्चार जगत्ले निर्वाचन आचार–संहिताको पालना, उपयुक्त उम्मेदवार छनौट, मतदाताको भूमिका र मनोबलमा सकारात्मक समाचार सम्प्रेषण गर्न/गराउनआह्वान गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

लोकतन्त्रको संस्थागत सुदृढीकरणका साथै भ्रष्टाचारमुक्त र सदाचारयुक्त नेपाल बनाउनुपर्ने आजको आवश्यकता भएको बताउँदै टिआई नेपालले  भ्रष्टाचार, विसंगति र विकृति नियन्त्रण गर्न सकिएनभने समृद्ध नेपाल बनाउने सपनाप नि साकार हुन नसक्ने जनाएको छ ।

यसका लागि नेतृत्ववर्ग नै योग्य, सक्षम र सदाचारी हुनु आवश्यक छ । स्थानीय तह राज्यको सबैभन्दा आधारभूत र आम–नागरिकको सरोकारसँग सम्बन्धित तह हो । जग भरपर्दो हुन नसके घर बलियो हुन सक्दैन,विज्ञप्तिमा भनिएको छ । तसर्थ, स्थानीय तहको आउँदो निर्वाचन सबै नेपालीका लागि चासोको विषय हुनु स्वाभाविक भएको बताउँदै  यो निर्वाचनलाई सफल बनाई उपयुक्त व्यक्ति मात्र निर्वाचित हुनसक्ने वातावरण बनाउन सबै सरोकारवालाहरूले सकारात्मक भूमिका खेल्नुपर्छ।

प्रतिक्रिया सबै