१३ बैशाख २०८१, बिहीबार Thursday 25 April, 2024

दरबार हाइस्कुलमा प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्ध खोप अभियानको उद्घाटन

 बिहिबार, चैत्र २४ २०७८  

काठमाडौं । आजदेखि सुरु भएको टाइफाइडविरुद्ध खोप अभियान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा विद्यालयका विद्यार्थीहरुलाई खोप लगाएर सुरु गरिएको यो अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने छ ।

बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो ।

प्रतिक्रिया सबै