zoom app for windows 10 home java zoom api jar file download join zoom meeting app download download a zoom app zoom app for windows 10 pc zoom guitar lab 5.0 download zoominfo stock price
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

ऐभोगाडोको सेवनले मुटु रोगको जोखिम कम गर्ने

 बिहिबार, चैत्र २४ २०७८  

काठमाडौँ । हप्तामा एक पटक मात्र ऐभोगाडो खानाले मुटु रोगको जोखिम घटाउने अध्ययनले देखाएको छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एक लाखभन्दा बढी मानिसमा गरिएको अध्ययनमा हप्तामा एकपटक मात्र ऐभोकाडो खानाले मुटु रोगको जोखिमलाई २१ प्रतिशतले घटाउने पत्ता लगाएको हो ।

यो हरियो फल स्वस्थ बोसोले भरिएको हुन्छ जसले खराब कोलेस्ट्रोललाई कम गर्छ र धमनीहरूमा प्लाक बन्नबाट रोक्छ । यसमा हुने ओमेगा ९ ले रक्तचाप र सुन्निने समस्यालाई पनि सुधार गर्न सक्छ ।

अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित यो अध्ययनले अमेरिकामा ३० वर्षदेखि ७५ वर्षसम्मका एक लाख १० हजार भन्दा बढी स्वस्थ पुरुष र महिलाहरूलाई ट्र्याक गरेको थियो । सहभागीहरूलाई प्रत्येक दुईदेखि चार वर्षमा उनीहरूको आहारको बारेमा प्रश्न गरिएको थियो ।

फलफूल कहिल्यै नखाने वा विरलै खाने मानिसको तुलनामा हप्तामा एक पटक पूरै एभोकाडो खानेहरूलाई हृदयाघात हुने सम्भावना १६ प्रतिशत कम रहेको अध्ययनले देखायो ।

नियमित एभोकाडो खानेहरूलाई हृदय रोग लाग्ने सम्भावना २१ प्रतिशत कम हुन्छ । मक्खन, वा चीजको सट्टा आफ्नो टोस्टमा एभोकाडो राखेर खानाले मुटुरोगको जोखिम १६ देखि २२ प्रतिशत घट्ने हुन्छ । त्यसैले अनुसन्धानकर्ताहरूले मक्खन, वा चीजको सट्टा आफ्नो टोस्टमा एभोकाडो राखेर खान सल्लाह दिएका छन् ।एजेन्सी

प्रतिक्रिया सबै