download zoom .msi zoom downlo download zoom recording link zoom account download zoom room app zoom meeting free download windows version zoom installation failed - zoom installation failed zoom.comus/download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

हतियार मोटरसाइकलमा लैजाँदै गर्दा तीन पक्राउ

 शुक्रबार, चैत्र २५ २०७८  

पर्सा । जिल्लाको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई बिहीबार पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया सबै