zoom icon free download why won't my laptop mic work on zoom download zoom windows download zoom recording from shared link firefox zoom download for it
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा

 शुक्रबार, चैत्र २५ २०७८  

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् ।

उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिंदै थियो । दोस्रो कार्यकालमा उनी दोहोरिन चाहेकी थिइन् । तर सञ्चालक समितिले दोहोर्‍याउन नचाहेपछि उनले राजीनामा दिएको स्रोतले बतायो ।

सञ्चालक समितिसँग मनमुटाव सुरु भएपछि काम गर्न नसकिने निस्कर्ष निकाल्दै उनले राजीनामा बुझाएको बैंक स्रोतले बताएको छ । यद्यपि, उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन् ।

 

प्रतिक्रिया सबै