सिटी एक्सप्रेसद्वारा जलसनसँगको सहकार्य ‘स्टुडेन्ट्स मिट २०२२’ सम्पन्न
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले २०७८ चैत २२ गते जापानीज ल्याङ्वेज स्कुल एशोसिएशन अफ नेपाल (जलसन)सँगको सहकार्यमा ‘स्टुडेन्ट्स मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जलसनसँग आवद्ध ४० भन्दा बढी एजुकेसनल कन्सल्टेन्सीमार्फत जापान जान लागेका २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा जापान जान लागेका विद्यार्थीलाई जापानी संस्कृतिको बारेमा जानकारी दिनुको साथै जापान पुगेपश्चात आफूले मेहेनत गरेर कमाएको पैसा बैंकिङ च्यानलमार्फत मात्र पठाउन हुन उत्प्रेरित गरेका थिए ।
उक्त कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई ‘सिटी आयो पुरस्कार ल्यायो’ योजनाअन्तर्गत जनही रु १० हजार पुरस्कार विद्युतीय लक्की ड्र सिस्टममार्फत बिजेता घोषणा पनि गरिएको थियो । सिटी एक्सप्रेसले जलसनसँगको सहकार्यमा जापानमा अध्ययनरत विद्यार्थीका लागि हरेक वर्र्ष पुरस्कार प्रदान गर्ने योजनासमेत बनाएको छ ।