idm download vn zoom zoom meeting software free download for pc - zoom meeting software free download for pc latest zoom download fractal zoom download zoom browser download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

एमालेले आज देशको आर्थिक अवस्थाबारे जानकारी गराउने

 आइतवार, चैत्र २७ २०७८  

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको आर्थिक अवस्थाबारे जानकारी गराउने भएको छ।

पार्टीका तीन जना पूर्व अर्थमन्त्रीको र दुई जना राष्ट्रिय योजनाका आयोगका उपाध्यक्षको उपस्थितिमा आज पत्रकार सम्मेलन गरेर देशको आर्थिक अवस्थाबारे जानकारी गराउने भएको हो ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्धय डा दिनेशचन्द्र देवकोटा र प्रा डा पुष्पराज कँडेलको उपस्थितिमा एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा दिउँसो २ बजे हुनेछ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि आक्रोशित एमालेले त्यसबारे पनि पार्टीको धारणा राख्नेछ।

प्रतिक्रिया सबै