zoom cloud meetings download windows 10 zoom app for blackberry zoom app download for free zoom pc app download free - zoom pc app download free zoom meeting join a meeting login for free
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

 चुनावी माहोल गर्मागर्मी हुँदै गर्दा काठमाडौँ देखि आफ्नो एजेन्डा प्रस्तुत गर्दै समाजसेवी  केसि 

 सोमवार, चैत्र २८ २०७८  

ज्योती केसि
बुनपा११

१.संस्थागत सुशासन र नितिगत सुधार संगै चरम बिन्दुमा रहेको नितिगत भ्रष्टाचार नगर्न र नगराउन सचेत गर्ने छु ।

२.स्थापना भैसकेका स्वास्थ्य संस्थाको स्तर उन्नतीका साथै निर्माणाधीन स्वास्थ्य संस्थाहरुको क्यालिटी चेकजाँच गर्न र ढिलासुस्ती भएको ठाउँमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।

३.अबैध रुपमा उत्खनन भैरहेको बालुवा र माटोलाइ तत्काल रोक्न लगाइ थप निगरानी राख्न पहल गर्ने छु ।

४.बढ्दै गैरहेको जलबायु परिवर्तनमा सचेतनामुलक कार्यक्रम चलाउन पहल गर्नु का साथै हामिले गर्ने फोहोरमैलाका कारण हाम्रो शरिरमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असर बारे गोष्ठी, सेमिनार र प्रदर्शनी गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छु ।

५.सरकारी विद्यालय देखि एसइइ मा A+ ल्याउले हरेक विद्यार्थीहरु लाई नगर देखि पुरस्कृत गर्नुका साथै थप अध्यापनका लागि छात्रवृत्तिको ब्यबस्था मिलाउन पहल गर्ने छु ।

६.स्वच्छ पिउने पानीको अभावका कारण अकालमै संक्रमण रोगहरुको सिकार हुनुपर्ने अवस्थाका बिषयमा जोडदार माग राख्ने छु र हरेक जनताका घर-घरमा स्वच्छ पिउने पानीको ब्यबस्था मिलाउन पहल गर्ने छु ।

७.प्राकृतिक प्रकोप बाट बच्ने उपायहरुका बिषयमा हरेक वार्डमा सचेतनामुलक कार्यक्रम चलाउन र हरेकलाइ प्राथमिक तालिमको ब्यबस्था गर्न पहल गर्ने छु ।

८.दिनानुदिन बढ्दै गरेको लागू औषधि दुर्ब्यशनीलाई कम गर्न प्राशसनिक निकायको ध्यानाकर्षण गर्नुका साथै प्रत्यक वार्डमा एउटा सुधार केन्द्र अवधारणा ल्याउन पहल गर्ने छु । र लागू औषधिले गर्ने हानि नोक्सानीका बिषयमा १४-२५ बर्ष उमेर समुहका लक्षित बर्गलाई समेटेर हरेक हप्ता एउटा चेतनामुलक कार्यक्रम चलाउन पहल गर्ने छु ।

९.सदियौं काल देखि हाम्रो पहिचान झल्काउदै आएका हाम्रा लोक भाषा,भेषभुषा र धर्म संस्कृतिको जगेर्ना गर्नका निम्ति हरेक बर्ष बजेट छुट्याउन पहल गर्नुका साथै अल्पसंख्यक जातिको पहिचान गरि तिनिहरुको अस्तित्व रक्षाका निम्ति आफ्नो आवाज बुलन्द पार्ने छु ।

१०.स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै खेलमैदान,खेलाडिहरुका लागि उचित भत्ता,इन्स्योरेन्स र खुलकुदका लागि चाहिने आवश्यक बस्तु खरिदका लागि बजेट बिनियोजन गर्न माग गर्ने छु ।

११.दैनिक बढ्दै गएको बेरोजगारीलाई मध्यनजर गर्दै युवाहरुमा सिपमुलक र आयमुलक तालिमहरुको ब्यबस्था मिलाउन जोडदार माग गर्ने छु जस्ले गर्दा युवाहरु आत्मनिर्भर बन्न मा टेवा पुग्ने छ ।

१२.पर्यटन विकासको प्रचुर संभावना बोकेका जगडोल,रावन पार्क र गुम्बालाई छुने सडक खण्ड धुलो रहित र आकर्षक बनाउनुका साथै त्यसको स्तर उन्नती र उचित ब्यबस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छु ।

१३.शासनमा आसन जमाएर जनताको करको कदर नगरी रासन मात्र खाने नेता र कर्मचारी विरुद्ध खरो रुपमा उत्रिने छु र आफू पनि सजग रहने छु ।

 

प्रतिक्रिया सबै