zoom computer download zoom app download for windows 11 - zoom app download for windows 11 zoom app online classes download why zoom audio not working windows 10 zoom technologies mcse material free download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

बिहेअघि शरिरिक सम्पर्क गरेको थाहा हुन्छ कि हुँदैन ?

 सोमवार, चैत्र २८ २०७८  

महिलाले विवाहअगाडि शरिरिक सम्पर्क राखे/नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ ।

अर्कातिर पुरुषमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा सम्पर्क भए/नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ ।

माथि उल्लेखित सोच गलत हुन् । खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको अहिलेको समयमा माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो सम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन ।

त्यस्तै पुरुषको छाला शरिरिक सम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि सत्य होइन । त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे÷नराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन ।

विशेषज्ञहरूका अनुसार युवतीहरूको योनीमा एउटा झिल्ली हुन्छ, जसलाई हाइमन भनिन्छ । सेक्सपछि होस् वा कहिलेकाहीँ खेल्दा होस्, उनीहरूको यो झिल्ली ड्यामेज हुन्छ । युवतीहरूको झिल्ली बिहेअघि सेक्सुअल्ली एक्टिभ वा पार्टनरसँग शारीरिक सम्बन्धमा मात्रै ड्यामेज हुँदैन ।

स्पाेर्ट्समा एक्टिभ हुनु, साइकल चलाउनु, घोडामा सवारी गर्दा वा महिनावारीका क्रममा टेम्पुको प्रयोग गर्नु पनि युवतीहरूको झिल्ली ड्यामेज हुन्छ । त्यसैले शारीरिक सम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो । योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो । महिलालाई उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ । अझ बच्चा पाउने बेलामा बच्चा पाउने हदसम्म पनि खुकुलो हुन सक्छ ।

यो सबैले बुझेको कुरा भयो ।जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्ने कुरा वैज्ञानिक सत्य हो, त्यसै गरी सम्पर्कपछि योनीले आफ्नो पुरानै तनाव र आकार ग्रहण गर्ने कुरा पनि वैज्ञानिक सत्य हो । यसका लागि एउटा उदाहरण दिँदा कुरा बुझ्न अझ सजिलो होला । ठूलो गाँस खाना खाएर मुख वा खाएको कुरा पेटसम्म लैजाने खाद्यनली खुकुलो वा ठूलो हुन्छन् र ? हुँदैनन् नि । त्यसैले सम्पर्कपछि योनी खुकुलो हुँदैन

प्रतिक्रिया सबै