download zoom .msi why are my covid pcr results taking so long zoom download phishing zoom download it admin zoom 5.5.0 download www.zoom us.meeting download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

न्युयोर्कको सबवे स्टेशनमा गोलीबारी, कम्तीमा १३ जना घाइते

 मङ्लबार, चैत्र २९ २०७८  

काठमाडौं। अमेरिकाको न्युयोर्कको ब्रुकलिनमा रहेको सबवे स्टेशनमा भएको गोलीबारीमा कम्तीमा १३ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार स्थानीय समय अनुसार बिहान ८ः३० बजे सनसेट पार्कको ३६औं स्ट्रीट स्टेशनमा गोली चलेको थियो ।

घटनास्थलका तस्विरहरूमा यात्रुहरू स्टेशनको भुइँमा रगतको पोखरीमा लतपतिएको देखाइएको छ। घटनास्थलमा विस्फोटक पदार्थ पनि फेला परेको छ । अधिकारीहरूले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् र सबवे रेलहरू ढिलाइ हुने बताइएको छ । कम्तिमा चार रेल लाइनेहरू पनि ढिलाइ भएका छन्।

संदिग्ध आक्रमणकारीको खोजी भइरहेको छ । न्यूयोर्क फायर डिपार्टमेन्टले बीबीसीलाई स्टेशनबाट धुवाँ देखिएको भन्दै फोन आएको तर जब अधिकारीहरू घटनास्थल पुगे, उनीहरूले त्यहाँ घाइतेहरूलाई भेटेका थिए। एजेन्सी

प्रतिक्रिया सबै