zoom.download zoom account login uk - zoom account login uk zoom meeting password not working on laptop install zoom for all users windows 10 - install zoom for all users windows 10 zoom meeting icon download is zoom safe to download 2021 download zoom for windows 10 64 bits
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

मोरङका तीन पालिकामा एमालेद्वारा प्रमुख उम्मेदवारको टुंगो

 मङ्लबार, चैत्र २९ २०७८  

मोरङ । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङका तीन वटा पालिकाको प्रमुखमा एक्लो उम्मेदवारको टुंगो लगाएको छ । एमालेले मोरङको रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकाको प्रमुखको उम्मेदवारको टुंगो लगाएको हो ।

रंगेली नगरपालिकामा यसअघि माओवादीबाट प्रवेश गरेका रंगेलीका प्रमुख दिलिप अग्रवाललाई नै एमालेले उम्मेदवारको रुपमा अघि सारेको छ । यस्तै धनपालथानको अध्यक्षमा मुहरु मण्डल र जहदा गाउँपालिकाको अध्यक्षमा कृष्ण गिरीको नाम सर्वसम्मत गरेको छ । जहदा गाउँपालिकाको उपाध्यक्षमा पनि अनिता सोरेनको नाम सिफारिस गरेको एमाले मोरङका इन्चार्ज विनोद ढकालले जानकारी दिए ।

उनकाअनुसार रंगेलीको उपप्रमुखमा भने बाहलवाला उपप्रमुख केशवकुमारी खराल, उषा झा र भूमा पराजुलीको नाम सिफारिस गरेको छ । खराल पनि प्रमुख अग्रवालसँगै माओवादीबाट एमाले प्रवेश गरेकी हुन् ।

एमालेले धनपालथानको उपाध्यक्षका लागि भने करणदेवी चौधरी, उपासीदेवी राजवंशी, सीता पाठक, बिमला विष्ट र राधादेवी पासवानको नाम सिफारिस गरेको छ । इन्चार्ज ढकालका अनुसार एमालेले मोरङका सबै पालिकाको उम्मेदवारको टुंगो अबको एक हप्ताभित्रमा लगाइसक्ने छ । ‘हामीले आउँदो हप्ताभित्रमा सबै उम्मेदवारको टुंगो लगाउँछौं,’ ढकालले भने ।

प्रतिक्रिया सबै