zoom app for pc free download windows 10 64 bit zoom pc nec zoom x64 download oppo reno 10x zoom wallpapers download zoom installation failed 10003 - zoom installation failed 10003 zoom app info why is my mic not working on zoom laptop - why is my mic not working on zoom laptop
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता नहुने

 बुधबार, चैत्र ३० २०७८  

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारीको तयारी अगाडि बढाएको छ ।

दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए । तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने केन्द्रीय सदस्यले जानकारी दिए ।‘दल दर्ता गर्न पार्टीकै नेताहरुले सरकार र आयोगमा बुझ्नु भयो । संवैधानिक, राजनीतिक र कानुनी सबै हिसावले संयूक्त मोर्चा दर्ता गर्न मिल्दै मिलेन’ पुनले भने, ‘दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा एमाले, माओवादी केन्द्रसँग चुनावी तालमेल गर्छौ । साथीहरुले स्वतन्त्र उम्मेदवारी दिनुहुन्छ ।’

चुनावी तालमेल गर्ने विषयमा पनि नेकपामा दुई धार देखिएको छ । विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएका छन् । तर, सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रसँग सकेसम्म चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् । अन्तर विरोधकै बीच विप्लव नेतृत्वको नेकपा स्थानीय चुनावमा होमिएकाले सोचेजस्तो चुनावी परिणाम ल्याउन कठिन हुने देखिएको छ ।

प्रतिक्रिया सबै