why won't my zoom audio work on my laptop zoom desktop download pc zoom join meeting id number free join zoom meeting a zoom meeting sound not working on zoom laptop legal zoom app
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

एमाले र राप्रपा नेपालबीच गठबन्धन

 बुधबार, चैत्र ३० २०७८  

काठमाडौँ   चैत्र ३०   — नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन हुने भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

प्रतिक्रिया सबै