how do you edit a contact in zoom app join zoom meeting online on laptop - join zoom meeting online on laptop download zoom lectures zoom ap download path of exile zoom hack download mural zoom app download zoom windows 10 pro 64 bit
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

मधेस दौडाहामा नेता , भोटको लागि मात्र माया गर्छन राजनीतिदल मदेशी जनताहरु लाई

 बुधबार, चैत्र ३० २०७८  

काठमाडौं चैत्र ३० –   पुरानो वर्चश्व फर्काउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी मधेस पसेको छ। तराई/मधेसका २२ वटै जिल्लामा र विशेष गरी मधेस प्रदेशका ८ जिल्लामा राप्रपा केन्द्रित भएको छ।

स्थानीय तहको निर्वाचन नजिकिइरहेका बेला राप्रपाले मधेसका मतदाता आकर्षित गर्न खोजेको हो।

अध्यक्ष राजेन्द्र लिङ्देन फागुन २२ गतेदेखि तराई-मधेसका जिल्लामा खटिएका छन्। पार्टीका प्रभावशाली नेताहरू लिएर उनी अहिले मधेस प्रदेशका जिल्लाहरूमा सक्रिय छन्।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार चैत २८ गतेदेखि लिङ्देनले मधेस प्रदेश केन्द्रित भएर चुनावी सभाहरू गरिरहेका छन्।

‘मधेसमा राप्रपाको पुरानो वर्चश्व थियो, अहिले पनि अन्य ५५ जिल्लाभन्दा तराईका २२ जिल्लामा मत बढी छ,’ श्रेष्ठले भने।

२८ गते लिङ्देनले बारामा आमसभा गरेका थिए। मंगलबार पर्सामा आमसभा गरेका छन्। ती आमसभाहरूमा राप्रपाप्रति आकर्षण देखिएको दाबी श्रेष्ठको छ।

बुधबार लिङ्देनले महोत्तरीको बर्दिबासमा आमसभा गरेका छन्। त्यसअघि उनले बाराको डुमरवाना, निजगढ, रौतहटको बागमती, चन्द्रनिगाहापुरमा सभा गरेका थिए।

‘तराई-मधेसका स-सनादेखि ठूला आमसभामा उहाँ आफैं पुग्नु भइरहेको छ,’ श्रेष्ठले भने।

२०७९ वैशाख २ गते लिङ्देन चितवन पुग्दैछन्। ३ गते नवलपुर, ४ गते सर्लाहीको हरिवन, ६ गते सप्तरी, ७ गते सर्लाहीको बरहथवा, ८ गते बुटवल र ९ गते मोरङको कानपोखरीमा आमसभा राखिएका छन्। ती सबै ठाउँमा अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम छ।

‘फागुन २२ देखि वैशाख १० सम्मको क्यालेन्डर बनाएर अध्यक्ष तराई-मधेस दौडाहामा हुनुहुन्छ,’ उनले भने, ‘काम पर्दा एकछिन काठमाडौं आउने र फर्किहाल्ने गर्नुभएको छ।’

यो दौडाहाको मुख्य उद्देश्य मधेस प्रदेशमा रहेको पुरानो मत फर्काउने कोसिस नै रहेको श्रेष्ठ बताउँछन्।

२०५१ सालमा मध्यावधि चुनाव हुँदा राप्रपाले २० सिट ल्याएको थियो। त्यही मध्यावधिको बलमा राप्रपाका हस्ती लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा प्रधानमन्त्री बनेका थिए।

मध्यावधि निर्वाचनपछि २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा-एमाले सरकार बन्यो। २०५३ फागुन २९ मा चन्द प्रधानमन्त्री भए।

चन्द प्रधानमन्त्री बनेको ६ महिनापछि नै राप्रपामा बिग्रह आयो। जब कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाएर राप्रपा-कांग्रेसबीच सत्ता गठबन्धनको प्रस्ताव राख्यो।

चन्द सरकारमा मन्त्री रहेका राप्रपाका नेताहरू नै राप्रपा-एमाले गठबन्धन तोड्न र कांग्रेससँग मिलेर सरकार चलाउन आतुर देखिए।

त्यसमध्ये एक थिए कमल थापा। चन्द नेतृत्वको सरकार गिराएर थापा प्रधानमन्त्री बनेपछि राप्रपा औपचारिक रूपमा दुई टुक्रा भयो।

राप्रपा थापा समूहले पार्टीको दोस्रो महाधिवेशन २०५५ सालमा वीरगञ्ज गर्‍यो। सूर्यबहादुर थापा पुन: अध्यक्ष बने। थापाले डा. लोहनी, राणा र कमल थापालाई क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्तामा बनाए।

२०५६ सालको चुनावको मुखमा थापालाई हटाएर गिरिजाप्रसाद कोइराला दोस्रो पटक प्रधानमन्त्री बने।

चन्द र थापा नेतृत्वका दुबै राप्रपा २०५६ को आम निर्वाचनमा सहभागी भए।

सूर्यबहादुर थापा पक्षले ११ सिट जित्यो। चन्दको नेतृत्वमा रहेको पार्टीले कुनै पनि सिट जितेन। अघिल्लो निर्वाचनमा २० सिट जितेको राप्रपा फेरि ११ सिटमा खुम्च्यो।

जनआन्दोलन सफल भएपछि राजतन्त्रको हिमायतीका रूपमा कमल थापले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरे।

२०६४ सालको संविधानसभा निर्वाचनमा उनको दलले समानुपातिकतर्फ जम्मा चार सिट जित्यो। प्रत्यक्षमा एउटा पनि जित्न सकेन।

सूर्यबहादुर थापा र पशुपतिशमशेर नेतृत्वका दलले एक सिट जितेनन्। २०७० को चुनावमा राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राणा) एकै ठाउँ भएर चुनावमा होमिए।

कमल थापाको पार्टी एक्लैले समानुपातिक निर्वाचनमार्फत् २५ सिट जितेको थियो। थापा र राणाको पार्टीले समानुपातिकतर्फ १२ सिट जिते।

यसपछि फेरि २०७३ मा  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूको एकीकरणको घोषणा गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम कायम गरेर एकता गर्दा संविधानसभा-२ मा नयाँ पार्टीको सामर्थ्य ३७ सिट थियो।

पार्टीको चुनाव चिन्हमा मतभेदका कारण दल पुनः विभाजित भयो। लोहनीले २०७३ चैतमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को गठन गरे। पशुपतिशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) गठन गरे।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा राणा र लोहनीको पार्टीले एक सिट ल्याएन। कमल थापाको राप्रपाले भने प्रत्यक्षतर्फ एक सिट जितेको थियो, जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए।

माउ पार्टी राप्रपामा अहिले कमल थापा छैनन्। लिङ्देन माउ पार्टीको निर्वाचित अध्यक्ष भएपछि वरिष्ठ नेताहरू डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणाका साथमा मध्यावधिको मत खोज्दै मधेस पुगेका छन्।

‘अहिले स्थानीय तहको निर्वाचनका लागि माहोल बनाउने भन्ने एउटा कुरा हो, तर समग्रतामा आउने प्रतिनिधि सभा चुनावलक्षित नै दौडाहा चलेको हो,’ श्रेष्ठले भने।

यी सभाहरूपछि राप्रपा स्थानीय निर्वाचनमा जाने छ। त्यहाँ प्राप्त हुने जनमतका आधारमा राप्रपाले मधेसमा अर्को अभियान छेड्ने श्रेष्ठले बताए।

मध्यावधि निर्वाचनपछि लामो समय राप्रपामा रहेका सर्वेन्द्रनाथ शुक्ला, रेणु यादव, महेन्द्र राय यादव, रामविलाश यादव, मुक्तिनाथ मण्डल, बद्रीप्रसाद मण्डल, वृजेशकुमार गुप्ता, अजयप्रताप साह, रामेश्वर राय, मोहम्मद इस्तियाक राईलगायत समयक्रममा विभिन्न पार्टीमा पुगिसकेका छन्। मधेसमा राप्रपालाई ‘हाँक्ने’ नेता खासै छैनन्।

‘मधेसलाई अरू पार्टीले जसरी केन्द्रविन्दुमा राखे, नेताहरूले पार्टी छोडेर गएपछि मधेस कमजोर बन्यो,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘त्यो कमजोर भूगोललाई बलियो बनाउने उद्देश्य अध्यक्षले लिनुभएको छ।’

लिङ्देन राप्रपा अध्यक्ष भएपछि युवापुस्ताको आकर्षण बढ्न थालेको श्रेष्ठको दाबी छ। लिङ्देनले सभाहरूमा सुशासनका कुरा उठाउने गरेका छन्, त्यसले पनि राप्रपामा आकर्षण बढाएको श्रेष्ठको दाबी छ।

प्रतिक्रिया सबै