zoom cloud meeting app download zoom download for windows 10 pro 64 bit zoom app download.com zoom download recording firefox zoom versi terbaru untuk pc zoom download win 10 64 bit zoom wallpaper download download zoom ma
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

पोखरामा एमालेको मेयर उम्मेदवार छान्ने

 शुक्रबार, बैशाख २ २०७९  

नेकपा एमाले पोखरा नगर कमिटीले पोखरा महानगरमा मेयरको उम्मेदवार छान्न सुरु गरेको निर्वाचन प्रक्रिया रोकेको छ । निर्वाचन प्रक्रिया रद्द गर्दै आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय कमिटीले गरेको हो । मेयरमा १२ र उपमेयरमा ११ जनाले पार्टीमा आन्तरिक निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

 

शुक्रबार निर्वाचनका लागि तालिका सार्वजनिक भई प्रक्रिया अघि बढेको थियो । जिल्ला पार्टी कार्यालयमा सुरु भएको प्रक्रिया स्थगित गरी सबैको नाम सिफारिस गर्ने सहमति जुटेको नेकपा एमाले पोखरा नगर कमिटी सचिव जीवन आचार्यले जानकारी दिए ।

मेयरको उम्मेदवार बन्न पार्टीको नगर कमिटीले आकांक्षीबीच निर्वाचन प्रक्रिया सुरु गर्दा १२ जना आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । उपमेयमा ९ जना उम्मेदवार थिए । मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् ।

उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेल आकांक्षी छन् । २०७४ को स्थानीय चुनावमा मेयर र उपमेयर उम्मेदवार सर्वसम्मत हुन नसकेपछि आन्तरिक मतदानबाट निर्णय गरिएको थियो । त्यति बेला मानबहादुर जिसी मेयर र मञ्जुदेवी गुरुङ उपमेयरका उम्मेदवार बने । दुवैले चुनाव जितेका थिए ।

प्रतिक्रिया सबै