zoom webinar download is zoom online or download zoom app free download for pc windows 8 zoom alternative indian app zoom app download for microsoft zoom download gratis zoom free account download download and install zoom meeting
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

रुसको दाबी : पश्चिमी देशको हतियार ल्याइरहेको युक्रेनी विमान खसालियो

 आइतवार, बैशाख ४ २०७९  

काठमाडौं। रुसको हवाई रक्षा युनिटले पश्चिमी देशद्वारा पठाइएको हतियार ल्याइरहेको युक्रेनी सेनाको विमानलाई खसालेको दाबी गरेको छ ।

तास समाचार एजेन्सीले रुसको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेनकोवलाई उद्धृत गर्दै दक्षिण–पश्चिमी युक्रेनमा ओडेसा शहर बाहिर यो हमला गरिएको जानकारी दिए ।

बीबीसीले स्वतन्त्र रुपमा यो जानकारी पुष्टि गर्न नसकेको बताएको छ यो घटनामा कसैको ज्यान गए नगएको पनि स्पष्ट जानकारी दिएको छैन ।

जनरल कोनाशेनकोवले विगत २४ घण्टामा रुसी वायु सेनाले युक्रेनी सैनिक वा तिनका उपकरण रहेको दर्जनभन्दा बढी ठाउँमा निशाना बनाएको दाबी गरेका छन् ।एजेन्सी

प्रतिक्रिया सबै