zoom english download zoom msi install commands - zoom msi install commands please download the zoom app zoom app connecting problem download zoom cloud meeting on laptop - download zoom cloud meeting on laptop
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

रौतहटमा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

 सोमवार, बैशाख ५ २०७९  

रौतहट। रौतहटमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यभाग देवाहीगोनाही नगरपालिका ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडकखण्डमा आइतबार राति १० बजे दुई मोटरसाइकल जुध्दा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल उक्त स्थानमा जुधेको थियो ।

दुर्घटनामा परेर अचेत भएका यादवलाई उपचारको लागि गरुडास्थित अस्पतालमा पठाउँदा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । मृतक यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

दुर्घटनामा समान्य घाइते भएका भारत बिहारका १६ बर्षीय विकास यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विकासलाई नियन्त्रण लिएर घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिए ।

अर्को मोटरसाइकल चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको दुई वटै मोटरसाइकल नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीले जनाएको छ ।

प्रतिक्रिया सबै