zoom client windows 10 download zoom client download for pc ut zoom download zoom room client download zoom desktop sharing download free download poc by zoom zack
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

मधेसमा जसपा र माओवादीको छुट्टै गठबन्धन

 मङ्लबार, बैशाख ६ २०७९  

काठमाडौं बैशाख –  स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ ।

गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अनौपचारिक सहमति पनि गरिसकेका छन् । आइतबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष एवं संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भएको छलफलले उक्त विषयमा सहमति भएको बताइन्छ ।

उक्त छलफलले मूर्त रूप लिने सङ्केत सिरहाको लहान नगरपालिकामा आइतबारै देखिएको छ । पाँच दलीय गठबन्धनबाट चुनाव नलड्ने काँग्रेसले निर्णय गरिसकेपछि जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्ने निर्णय भएको छ । जसपाका नेता राकेश रोशन गुप्ताका अनुसार लहान नगरपालिकाको मेयर जसपाले लिनेछ भने उपमेयर माओवादी केन्द्रले लिनेछ । २४ वटा वडामध्ये १४ वटा जसपा र १० वटा माओवादी केन्द्रले लिने सहमति भएको नेता गुप्ताले बताए ।

यदि काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले धेरै भाव खाए यसरी जसपा र माओवादी केन्द्र अगाडि बढ्ने जसपाका नेता गुप्ताले बताए । माओवादी केन्द्रका मधेस प्रदेशका इन्चार्ज गणेश साहले पनि मधेस प्रदेशमा जसपा र माओवादी केन्द्रको निकटता बढेको स्वीकारे । उनले भने, ‘काँग्रेसले जहाँसुकै आफ्नै हुनुपर्छ भन्छ भने नेकपा एकीकृत समाजवादी पार्टीले एमाले जति आफ्नो हुनुपर्ने भन्दै आइरहेको छ, त्यसरी त गठबन्धन बन्दैन नि ।’ जहाँ जहाँ काँग्रेस र नेकपा (एस) सँग सहमति बन्दैन, त्यहाँ त्यहाँ जसपा र माओवादी केन्द्रबीच गठबन्धन बन्ने सम्भावना रहेको उनले बताए ।

यद्यपि अहिले पनि जनकपुरमा मधेस प्रदेशको गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । कहाँ कहाँ गठबन्धन गर्ने नगर्ने आज टुंगो लाग्ने साहले बताए । नेकपा (एस) का नेता धर्मनाथ साहले मधेस प्रदेशको १३६ स्थानीय तहमध्ये २५ वटा आफूहरुले पाउनुपर्ने बताए । एमालेले जहाँ जहाँ जितेको छ, ती निकाय आफूहरुले पाउनुपर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए ।

एसके यादव सभार

प्रतिक्रिया सबै