zoom info download safe zoom hack download windows why is zoom not installing on my laptop add zoominfo extension edge zoom install microsoft store - zoom install microsoft store
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

गृहमन्त्री खाँण र दक्षिण कोरियाली राजदूत सुकबीच भेट

 मङ्लबार, बैशाख ६ २०७९  

काठमाडौँ ।नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् ।

गृहमन्त्रालयमा आज मन्त्री खाँण र राजदूत सुकबीच भेट भएको हो ।

भेटमा दुई पक्षीय सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

त्यसक्रममा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार क्षेत्रको दक्षिण कोरियाले गरेको योगदानका लागि धन्यवाद दिएका छन् ।

साथै, नेपाली नागरिकलाई कोरियामा रोजगार दिएकोमा कोरियाली सरकार, जनता र त्यहाँका उद्योगीहरूलाई उनले राजदूतमार्फत् धन्यवाद पनि दिएका छन् ।

भेटमा दक्षिण कोरियाली राजदूत सुकले कोरोनाका कारण नेपालीलाई कोरिया लैजाने प्रक्रिया रोकिएकोमा अब भने छिट्टै सुरु हुने जानकारी दिएका थिए ।

भेटमा दक्षिण कोरियाली पर्यटक नेपालमा भित्र्याउने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।

प्रतिक्रिया सबै