zoom cloud meeting app windows 10 zoom app for pc online zoom 5.8 download is it dangerous to download zoom zoom app download free google - zoom app download free google zoom/download.us zoom meeting for free download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

कांग्रेसको निर्वाचन परिचालन उपसमितिका संयोजकहरू मनोनित (सूचीसहित)

 बिहिबार, बैशाख ८ २०७९  

काठमाडौँ– स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरिएको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका छन् ।

केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति, मीनबहादुर विश्वकमा आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति, प्रदिप पौडेल अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उपसमिति, मदनबहादुर अमात्य शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, उदयशम्शेर राणा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, जीतजंग वस्नेत जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र रामहरी खतिवडा निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिका संयोजक तोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया सबै