zoom pc dark mode - zoom pc dark mode lil wayne zoom freestyle download audio not working in zoom windows 10 - audio not working in zoom windows 10 free zoom app download for pc windows 10 zoom code finder exe download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

पोखरा महानगर मेयर : ‘सम्धीनी’लाई टिकट दिलाउन पृथ्वी सुब्बा गुरुङको धेरै कसरत

 शुक्रबार, बैशाख ९ २०७९  

काठमाडौं । पोखरा महानगरको नेतृत्वलाई नेकपा एमाले भित्र रस्साकस्सी छ । आगामी वैशाख ३० गते स्थानिय निर्वाचन नजिकिँदै जाँदा सुन्दर नगरी पोखराको मेयर बन्न १२ जनाभन्दा बढी एमाले नेता प्रतिष्पर्धामा छन् ।

 

पछिल्लो जानकारी अनुसार नेकपा एमालेका नेताहरु प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली र राजीव पहारीले आन्तरिक उम्मेदवारी दिएका छन् ।

 

स्रोतका अनुसार नेकपा एमालेका नेता तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले महानगरको मेयरमा मिना कुमारी गुरुङलाई अघि सार्ने संभावना देखिएको छ । नातामा सम्धीनी पर्ने मिनाको छोराले पृथ्वी सुब्बाको छोरी विहे गरेको हो । यद्धपी पृथ्वी सुब्बाको नातेदार भन्दा पनि मिनाको लामो राजनीतिक इतिहास भएका कारण उनलाई निर्विकल्प रुपमा हेरिएको छ ।

 

‘उहाँ २०४२÷४३ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा होमिनु भयो । अहिले ओली समुहमा लागेर मन्त्री बनेका थममाया थापाहरुलाई संगठित गर्नु भयो,’ उनलाई नजिकबाट बुझ्नेहरु भन्छन्,‘तर, कहिले पनि लाभको पदमा जानु भएन । यो निर्वाचन एउटा उहाँका लागि अवसर हो । उहाँलाई टिकट दिनुपर्छ ।’

उनीभन्दा पछि एमाले राजनीतिमा लागेका सयौँले लाभको पद मात्रै पाएनन् पार्टीको जिम्मेवारी समेत पाए । तर, मिनाले भने जहिल्यै किनारमा बस्नु परेको उनी निकट एक नेताले बताए ।

 

यसअघिको निर्वाचनमा एमालेले उनीभन्दा निकै जुनियरलाई लाभको पदमा ल्याएको ती नेता बताउँछन् । ‘एमालेले विद्या भण्डारीको मितिनी भएकै कारण मञ्जु गुरुङलाई पोखरा महानगरको उपमेयर बनायो । अर्की एक ब्युटिसियनलाई विभिन्न जिम्मेवारीमा राखेको छ,’ ती नेता भन्छन्,‘तर, उहाँले त पार्टीका लागि त्याग मात्रै गर्नु भयो । केही लाभको पद लिनु भएको छैन । अहिले पनि सायद सम्धी पृथ्वी सुब्बा प्रदेशको हर्ताकर्ता नभएको भए उहाँको नाम आउँनेवाला थिएन ।’
यता गुरुङ विरोधी पक्षले भने पृथ्वी सुब्बा गुरुङले नातेदारलाई मेयरमा उठाउन खोजेको आरोप लगाएको छ ।

स्रोतका अनुसार पृथ्वी सुब्बाकी छोरी एलिना गुरुङ र मिनाको छोरा ओमित गुरुङबीच सन् २०१८ अप्रिलमा विवाह भएको थियो ।

 

मेयरमा दाबेदार अर्का व्यावसायी पुष्पज्योति ढुंगाना भने दिवंगत नेता रविन्द्र अधिकारीको व्यावसायीक साझेदार भएको स्रोतले बतायो ।

स्रोतका अनुसार मेयरको टिकटमा गुरुङ र खगराज अधिकारीबीच प्रतिष्ठाको लडाईं बनेका कारण चैत्र मसान्त भित्रै छनौट सक्ने भनिएपनि वैशाख दोस्रो साता शुरु हुँदा पनि सकिएको छैन ।

स्रोतका अनुसार मेयरमा प्रदेश सांसद राजिब पहारीको पनि दाबी छ । एमाले अध्यक्ष केपी ओली निकट पहारीलाई ल्याउनुपर्ने उनी पक्षको तर्क छ ।
यता गुरुङ भने आफ्नी सम्धीनीलाई मेयरमा ल्याउन अन्तिम कसरतमा छन् ।

प्रतिक्रिया सबै