zoom app for win is it safe to download zoom on my laptop zoom msi installer download zoom login download free zoom 4.6.9 download zoom cloud meeting app free download for pc windows 10 join zoom meeting for pc zoom 5.3 download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

भरतपुरको मेयरमा कांग्रेस नेताले दिए बागी उम्मेदवारी

 सोमवार, बैशाख १२ २०७९  

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो । तर उक्त सहमतिको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले छुट्टै उम्मेदवारी दर्ता गर्ने चेतावनी दिँदै आएका थिए ।

नेता पौडेलले भरतपुरको चौबिसकोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

प्रतिक्रिया सबै