देशभर ३७ हजार बढीले गराए उम्मेदवारी दर्ता
सोमवार, बैशाख १२ २०७९
काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको छ ।
निर्वाचन अयोगले सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५८५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको हो ।
आयोगका अनुसार हालसम्म प्रमुख पदमा १३९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १३२६ जनाले दर्ता गराएका छन् ।
यस्तै उपप्रमुख पदमा ७८४ तथा उपाध्यक्ष पदमा ८२२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा ९ हजार ७९७ जना, महिला सदस्य पदमा ५८४९, महिला दलित सदस्य पदमा ५०९५ र सदस्य पदमा १२ हजार ५१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया
सबै