zoom info download safe install zoom msi gpo zoom free account download why is my zoom meeting not showing up on my calendar zoom pc download link online meeting app zoom
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

कांग्रेसको घोषणा : शिक्षकको ट्रेड युनियनमा संगठित हुने अधिकार सुनिश्चित गर्ने

 मङ्लबार, बैशाख १३ २०७९  

काठमाडौं ।  नेपाली कांग्रेसले ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दे शिक्षकको ट्रेड युनियनमा संगठित हुने अधिकार सुनिश्चित गर्ने घोषणा गरेको छ । सिकाइ केन्द्रित विद्यालय, जागरुक अभिभावक,उत्प्रेरित शिक्षक, सवल नेतृत्व र व्यवस्थापक, जवाफदेही शिक्षा प्रणाली लगायतका विषय समावेश गर्दे चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको स्थानीय तहको चुनावी घोषणा पत्रमा प्रारम्भिक बालविकास शिक्षालाई थप विकास गर्दे हालको १ वर्षको अवधिलाई बढाएर दुई गरिने,हरेक वडामा कम्तिमा एक विद्यालयमा नमुना प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।

त्यस्तै अभिभावकसँग सम्बन्ध विस्तार गर्न प्रत्ेक विद्यालयबाट टोलभेला र मासिक घरदैलो कार्यक्रम गर्ने, हरेक त्रेमासिक परीक्षामा शत् प्रतिशत उपस्थित हुने विद्यार्थीका अभिभावकलाई सम्मान गरीने निती लिएको छ ।

दरबन्दीको अभाव भएका विद्यालयहरुमा स्नातक अध्ययन गरेका योग्य व्याक्तिलाई उत्प्रेरीत गरी स्वयंसेवक शिक्षकको रुपमा परिचालन गर्ने, शिक्षकको व्यावसायिक विकासमा ट्रेड युनियनमा संगठित हुने अधिकारलाई सुनिश्चित गर्दे दलगत राजनीतिमा हुने आवद्धतालाई निरुत्साहित गर्ने, प्रारम्भिक बालविकासका शिक्षकको क्षमता वृद्धि गर्दे पारिश्रमीकलाई कम्तीमा आधारभूत विद्यालय शिक्षकहरुको तलव सुविधाको स्तरमा पु¥याउने लगायतका विषयहरु घोषणापत्रमा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया सबै