१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

एमालेसँग तालमेल गरेका तीन उम्मेदवार माओवादीबाट निष्कासित

 मङ्लबार, बैशाख १३ २०७९  

काठमाडौं । नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई मंगलबारदेखि पार्टीको साधारण सदस्यबाट समेत निकालेको हो ।

निष्कासित हुनेमा भोजपुर नगरपालिका—११, आम्तेकका मोहनसेन राई, षडानन्द नगरपालिका-९ का शेखर तामाङ र षडानन्द नगरपालिका—१३ का ओम कुमार श्रेष्ठ रहेका छन् ।

माओवादीले जिल्लाका अन्य स्थानमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएकाहरुलाई पनि तत्काल उम्मेदवारी फिर्ता लिई पार्टीको नियमित काममा फर्किन निर्देशन दिएको छ ।

 

प्रतिक्रिया सबै