zoominfo engaged - zoominfo engaged zoom app for windows 10 filehippo zoom app windows 10 pc zoom app for pc online classes download zoom ma join a zoom meeting login zoom us join meeting app
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

नेपालमा २७१ जना कोरोनाका सक्रिय संक्रमित

 मङ्लबार, बैशाख १३ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन् ।

३ हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दामा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २७० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९४५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया सबै