download zoom webinar registrants is zoom online or download install zoom on laptop windows 10 zoom app for windows 10 s zoom error code 5003 windows 10 download center - zoom
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

एमालेसँग भएको तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय

 बुधबार, बैशाख १४ २०७९  

काठमाडौं । सत्तारुढ दलहरुले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने निर्णय गरेको हो ।

त्यस्तै तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेको छ । दलहरुले यसअघि पनि गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालमेल नगर्ने सहमति गरेका थिए ।
तर एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् ।

तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका अन्य उम्मेदवारलाई समर्थन गरेर अघि जाने विकल्पमा समेत छलफल भएको एक नेताको भनाई छ ।

प्रतिक्रिया सबै