zoom download free app - zoom download free app www zoom co jp english download index html zoom patch download zoom.us download zoom school app download zoom my money app download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

भारतबाट आएन पर्याप्त बिजुली, उद्योगमा विद्युत् कटौती हुनसक्ने

 बुधबार, बैशाख १४ २०७९  

काठमाडौं । भारतबाट पर्याप्त बिजुली किन्न नपाएपछि विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली काटौती थालेको छ । नेपालका जलविद्युत् आयोजनाहरुको उत्पादन घटेको र भारतबाट पनि बिजुली ल्याउन समस्या परेका कारण कुनै-कुनै बेला कतिपय क्षेत्रका उद्योगहरुलाई बिजुली दिन समस्या भएको नेपाल विद्युत्  प्राधिरकणले बताएको छ । माग नधानिने अवस्थामा उद्योगमा बिजुली काट्ने अवस्था आएको उनले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतको बोलकबोलमा बिजुली बेच्ने ‘एक्सचेन्ज’ बजारमा दैनिक ४५ हजार मेगावाटसम्म बिजुलीको माग छ । तर, आपूर्ति भने १० हजार मेगावाटको मात्रै छ । रुस-युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको छ ।

‘मागभन्दा आपूर्ति नै करिब ३५ हजार मेगावाट बिजुली कम भएकाले अधिकतम् भारु १२ रुपैयाँमा कोट (कबोल) गर्दा पनि हामीले कोट गरेको सबै बिजुली हामीलाई भागमा पर्दैन,’ घिसिङले अनलाइनखबरसँग भने,’५ सय मेगावाट बिजुलीका लागि कबोल गर्दा १०० मेगावाट बिजुली पनि पाइँदैन ।’ भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट चलिरहेकाले साँझको समयमा जसरी पनि विद्युत आपूर्ति गर्नुपर्ने बाध्यताका कारण पनि विद्युतको माग उच्च हुन पुगेको तर, त्यसअनुसार उत्पादन नभएकाले समस्या भएको घिसिङ बताउँछन् । विहार सरकारले पनि अभावका कारण बिजुली दिन नसकेको घिसिङले बताए ।

उनकाअनुसार अहिले भारतीय बजारमा बिजुलीको मूल्य अधितकम्, न्युनतम्  र औसत मूल्य नै भारु १२  कामय भएको बताए । विद्युत किन्ने सबैले अधिकतम् मूल्यमै कोट गर्दा बिजुली मागेअनुसार नपाइने अवस्था आएको घिसिङको भनाइ छ ।

१८ चैतमा भारतको विद्युत् नियमन आयोगले प्रतिस्पर्धी ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने गरी मूल्य तोकेको थियो । यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि अधिकतम् मूल्यमा बिजुली किन्ने कबोल गर्दै आएको छ ।

तर, सो मूल्यमा बिजुली किन्ने धेरै भएपछि कतिपय विद्युत् उत्पादकहरुले सोझै आवधिक सम्झौता गरेर बिजुली बेच्न थालेको घिसिङको भनाइ छ ।

‘भारतका विद्युत उत्पादकहरुले १२ रुपैयाँ भारु भन्दा धेरैमा विद्युत बच्न नपाइने भएपछि सोझै समझौता गरेर अन्यत्र बिजुली बेच्न थालेकाले पनि समस्या भएको हो,’ घिसिङ भन्छन् ।

गत चैतमा तल्ला भेगमा हिउँ पग्लिएको कारण नदीमा पानीको सतह बढेकाले बिजुलीको व्यवस्थापन सहज भएको थियो । तर, पछिल्ला दिनमा नदीको सतह पुरानै हतमा झरेकाले बिजुली उत्पादन नियमित अवस्थाकै वैशाखको अवस्था रहेको घिसिङले बताए ।

अबको एक-डेढ महिनामा वर्षायाम सुरु भएर नदीमा पानीको सतह बढ्ने भएकाले त्यसपछि नेपालले भारततर्फ बिजुली बेच्न थाल्ने उनले बताए ।

‘भारतमा बिजुलीको अभाव रहिरह्यो भने हामीले केही महिनापछि नै भारु १२ रुपैयाँमा नै खपत भएर बढी हुने बिजुली बेच्न पाउँछौं, घिसिङले भने,’यो संकट नेपालका लागि अवसर पनि हुनसक्छ ।’

प्रतिक्रिया सबै