cloud zoom 1.0 2 min js download bulk download zoom recordings zoom login online india zoom pcm drag zoom pro extension free download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

यस्तो छ काठमाडौंका मेयर उम्मेदवार सिर्जना सिंहका सात ‘स’को संकल्प

 बिहिबार, बैशाख १५ २०७९  

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार दिएकी सिर्जना सिंहले चुनावी संकल्प पत्र सार्वजनिक गरेकी छन् । बिहीबार काठमाडौंमा एक समारोबीच उनले आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् ।

‘सिर्जना सिंहका सात ‘स’ को संकल्प’ नाम दिइएको संकल्पमा सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता ७ वटा ‘स’मा प्रतिबद्धता जनाएकी छन् ।

सत्ता गठबन्धनको भागबण्डामा नेपाली कांग्रेसको भागमा काठमाडौं महानगर परेपछि मेयरको उम्मेदवारी दिएकी उनले आफ्नो संकल्पमा महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने संकल्प गरेकी छन् ।

यस्तै, उनको संकल्पमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने योजना ल्याएकी छन् ।

प्रतिक्रिया सबै