free download of zoom for pc download zoom webinar registrants zoom app state zoom instructions for joining a meeting join a zoom meeting online with id audio not working in zoom windows 10 download zoom 4.6.9
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

यो निर्वाचनमा गठबन्धन पराजय भए मुलुक अस्थिरतातर्फ अघि बढ्छ : महरा

 बिहिबार, बैशाख १५ २०७९  

काठमाडौैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन पराजय भए मुलुक नै अस्थिरतातर्फ अघि बढ्ने बताएका छन् ।

प्रेस युनियन र प्रेस सेन्टरले संयुक्तरुपमा आज दाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले माओवादी र नेपाली कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएको र आसन्न निर्वाचनमा गठबन्धनले नजिते मुलुकमा अस्थीरता हुने बताएका हुन् । ‘गठबन्धन पराजय भए मुलुक नै अस्थिरतातर्फ अघि बढ्छ, मुलुकको आगामी भाग्य र भविष्य निर्धारणका लागि गठबन्धन विजयी हुनुपर्छ’, उनले भने ।

महराले अहिलेको गठबन्धन पनि संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति निर्माण भएको जिकिर गरे । ‘अहिले हामी बीचको गठबन्धन पनि संविधान र लोकतन्त्रको रक्षाका लागि हो,’ उनले भने ।

माओवादी र कांग्रेस विगतदेखि नै राष्ट्रियताको पक्षमा भएको बताउँदै कांग्रेस र माओवादी लोकतन्त्रको पक्षमा उभिने र त्यसलाई संस्थागत गर्ने तर्फ साझा रुपमा अघि बढ्दै आएको उनको भनाई छ ।

संविधान र जनताको अधिकार माथि ‘कु’ गर्दै मुलुकलाई अन्यौल र अस्थिरता तर्फ लैजान खोज्नेहरुविरुद्ध उभिनुपर्ने बेला आएको पूर्व सभामुख महराले बताए ।

प्रतिक्रिया सबै