cakewalk by band zoom download windows zoom meeting free download for windows 10 64 bit instructions for joining zoom meeting - instructions for joining zoom meeting download zoom for windows 10 32 bit zoom meet download for pc zoom free account download zoom app windows 10 chip
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण : चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर

 बिहिबार, बैशाख १५ २०७९  

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।

जुन अघिल्लो आर्थिक वर्ष २०७७र७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो । बिहीबार थापाथलीस्थित विभागको आफ्नै सभा हलमा आयोजित पत्रकार सम्मेलनमा मार्फत चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको विभागले यस्तो वृद्धिदर आधार मूल्यका आधारमा ५.४९ प्रतिशत हुने समेत जनाएको छ ।

विभागका अनुसार यस वर्ष कृषि तथा खानीसहित प्राथमिक क्षेत्रको योगदान २.३ प्रतिशत रहनेछ भने उद्योग क्षेत्रबाट जीडीपीमा अधिकतम १०.३ प्रतिशत योगदान रहने जनाएको छ । यस्तै, अन्य सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने समेत विभागले जनाएको छ ।

विभागले आर्थिक वर्ष सकिन अझैं तीन महिनामात्रै बाँकी नै रहेको अवस्थामा जीडीपीमा प्रभाव पार्ने त्यस्तो कुनै ठूलो असर नआउने र कोभिड–१९ को असर पनि कम भएकाले यस्तो प्रक्षेपण सहज रुपमै पुरा हुने देखिएको जनाएको छ ।

प्रतिक्रिया सबै