download zoom 5.10 zoom audio not working on laptop zoom app for church zoom makeup filter download zoom hoc online pc download zoom installer for windows
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

गगनलाई ओलीको जवाफ : ट्यूसन पढाउँछु भन्नेले हाम्रा भाइबहिनीसँग बहस गरेर देखाउन चुनौती

 बिहिबार, बैशाख १५ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहसमा आउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई ‘एमालेका भाइबहिनीसँग बहस गर्न’ चुनौती दिएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेको घोषणापत्र र उम्मेदवारबारे बहसमा उत्रन कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु तयार छन् भने हामी तयार छौं । भर्खर पास गरेका भाइबहिनी भिडाइदिन्छौ ।’ नेपाली कांग्रेस गन्तव्यहीन पार्टीका रुपमा स्थापित भएको भन्दै अध्यक्ष ओलीले कांग्रेसको हालत देख्दा आफूलाई टीठ लागेको बताए ।

‘कांग्रेस कुनै गन्तव्य भएको पार्टी होइन । विचार शून्य, गन्तव्यहीन कुहिराको काग हो । कुहिराको कागको उद्देश्य पेट भर्ने मात्रै हो । कांग्रेस कुहिरोको काग भएको देख्दा मलाई टीठ लाग्छ’, ओलीले भने । उनले कांग्रेस र माओवादीले श्रीमती र छोरीलाई उम्मेदवार बनाएर महिला उम्मेदवारको हाँक दिन नमिल्ने बताए ।

 

प्रतिक्रिया सबै