१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

‘उम्मेदवारी फिर्ता गराउन धरपकड नगर’

 शुक्रबार, बैशाख १६ २०७९  

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ । आयोगले शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यस्ता गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ ।

संविधान र कानुन बमोजिम योग्यता पुगेका नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक अधिकार रहेको भन्दै आयोगले उम्मेदवारलाई धाक, धम्की र प्रलोन दिनु लोकतन्त्रमाथिकै आघात भएको जनाएको छ ।

उम्मेदवार वा तिनका परिवारलाई धम्की दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया सबै