zoom app controversy zoominfo browser extension for edge join a zoom meeting with id and passcode - join a zoom meeting with id and passcode zoom app download free windows 10 64 bit - zoom app download free windows 10 64 bit zoom msi installer download zoom free download filehippo - zoom free download filehippo download zoom invoice
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

बन्दुक देखाएर गरगहना लुटपाट

 शुक्रबार, बैशाख १६ २०७९  

राजविराज । बन्दुक देखाएर सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार राति सुनको गरगहना लुटपाट भएको छ ।

वडा नम्बर(७ स्थित मिथिलेश मिश्रको घरमा राति २स्३० बजे ६ जनाको समूहमा आएको नकावधारी समूहले ६ लाख बराबरको गरगहना लुटेर लगेका छन् ।

घरमा मिश्रको छोरा बुहारी र बच्चा सुतिरहेको अवस्थामा डाकाहरुले खुकुरी, बन्दुक देखाएर सुन चाँदीको गरगहना लुटेर लगेको इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

‘मास्क तथा कपडाले मुख छोपी खुकुरी र बन्दुक जस्तै देखिने हतियार देखाएर ६र७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको छ’ सिंहले भने । डकैतीबारे प्रहरीले अनुसन्धान गरी रहेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।

यता पीडित परिवारजनले भने करिब ५० लाख रुपैयाँ बराबरको नगद र गरगहना लुटेर लगेको दाबी गरेका छन् । सुरुङ्गाको यो घट्नाले स्थानीय तहको निर्वाचनको बेला सुरक्षा चुनौती थपिएको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया सबै